अन्जु पन्त र दीपक चौलागाईंले ल्याए मलाई मन परेको मान्छे
काठमाडौं। लोकप्रिय गायिका अन्जु पन्त र गायक दीपक चौलागाईंले मलाई मन परेको मान्छे बोलको गीतको अडियो सार्वजनिक गरेका छन्।
पछिल्लो समय भिडियो रिलिज गर्ने परिपाटी चलिरहेको भएता पनि निर्माण यूनिटले आइतबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै गायक चौलागाईं र गायिका पन्तले गीतको अडियो सार्वजनिक गरेका हुन्।
केही समयपछि भिडियोको निर्माण गरिने जानकारी दिँदै गायिका पन्तले पत्रकार सम्मेलनमा प्रोफेसरसमेत रहेका गायक चौलागाईंको गायकीको तारिफ समेत गरेकी थिइन्।
अर्को साता कार्यक्रमका लागि दुबई हुँदै अमेरिका जान लागेकी गायिका पन्तको साथ र सहयोगले आँफूमा थप हौसला र उर्जा भरिएको दीपकले बताए। जगत तिरुवाको शब्द संगीत रहेको मलाई मन परेको मान्छेको एरेन्ज चर्चित संगीतकार विशाल निरौलाले गरेका हुन्।
भिडियो केही समयमा नै छायांकन गरिने गायक चौलागाईले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment