रफाहमा इजरायलको सैन्य कारबाहीलाई चीनले ‘गम्भीर चिन्ताको विषय’ भन्यो

डिसी नेपाल
१६ जेठ २०८१ १४:२१
56
Shares

काठमाडौं । चीनले गाजाको रफाहमा इजरायलको सैन्य कारबाहीलाई ‘गम्भीर चिन्ताको विषय’ भनेको छ। चीनले इजरायललाई रफाहमा आक्रमण रोक्न अपील गरेको छ।

आइतबार इजरायलले रफाहमा विस्थापित प्यालेस्टिनीहरूको शिविरमा हवाई आक्रमण गरेको थियो। यस आक्रमणमा ४५ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, “रफाहमा इजरायलको सैन्य कारबाही गम्भीर चिन्ताको विषय हो।”

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले पनि भने, “आक्रमणले आश्रय खोजिरहेका निर्दोष मानिसहरूको ज्यान लिएको छ।”

अमेरिकाले पनि रफाहमा भएको आक्रमणलाई पीडादायी भएको बताएको छ । तर अमेरिकाले इजरायललाई पनि आफ्नो सुरक्षा गर्ने अधिकार रहेको बताएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आइतबार रफाहमा भएको आक्रमणलाई दुःखद दुर्घटना भनेका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *