बबिनाको मायामा उतार चडाव : ‘तिम्ले छोडी’मा यस्तो भाव
काठमाडौं। संसार भर चर्चित एउटा उक्ति छ, प्रेम र युद्धमा कुनै नियम हुदैन। यसको अर्थ हर एकल प्रेम र युद्धले आफ्नै शैली अपनाउन र परिभाषा दिन सक्ने छन्। आफूलाई जे सहज हुन्छ त्यो नै प्रेम हो भने झै पनि देखिन्छ।
प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन्। “तिम्ले छोडी” बोलको गीतमा यही प्रेम भावमा देखाइने घुर्कीका शब्द समेटिएको छ। नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ। यो गीतलाई नेपालको पहिलो चारु गीत भनेर चर्चा गरिएको छ।
गजलको ढाँचा अवलम्बन गरी गजल कै शैलीमा कुनै छन्द या लयमा बहेर लेखिने रचना चारु रहेको डाक्टर देवि पन्थीको तर्क छ। र, यो गजलको विकल्पमा गजल शुद्धीकरणका निम्ति प्रयोगमा ल्याइएको स्वतन्त्र विधा हो भनिएको छ। यही भावमा नेपालकै पहिलो भन्दै बबिनाले गीत सार्वजनिक गरेकी हुन्।
बबिनाको स्वर संगीत रहेको गीतमा लक्ष्मी प्रसाद मिश्रका शब्द समेटिएको छ। बलराम समालले संगीत सम्योजन गरेको गीतको भिडियो कन्सेप्ट र निर्देशन झल्को कृएसनको रहेको छ। भिडियो बबिनालाई केन्द्रमा राखेर मेहेफिल शैलीमा बनाइएको छ।
भिन्न प्रयोगको बबिना र समुहको यो प्रयासले संगीत क्षेत्रमा सकारात्मकता ल्याउने अपेक्षा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment