मलाइका र अर्जुनको ब्रेकअप!
काठमाडौं। मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन्। भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ।
मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा उल्लेख छ।
अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्बजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए। मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेकि थिइन्।
यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए। कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि, उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन्।
मलाइका अरोराले २०१७ मा अरबाज खानसँगको आफ्नो १९ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै लग भएकी थिइन्। अरबाजसँग उनको एक छोरा रहेका छन्।







डिसी नेपाल






Facebook Comment