अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद
काठमाडौं। बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन्।
आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन्।
कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन्। कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment