भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन

डिसी नेपाल
२३ जेठ २०८१ १३:३१
408
Shares

चितवन। जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ। रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो।

अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेसिन अस्पताल ल्याइएको हो। ‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उहाँले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताए।

डा पौडेलले भने, “अत्याधुनिक भएकाले सबै खालका परीक्षण गर्न सकिन्छ । योसँगै अस्पतालबाट बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ ।” एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उनको भनाइ छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सबै सामग्री आइसकेकाले तीन साताभित्र सञ्चालनको तयारी भइरहेको छ। झन्डै १८ महिना पहिला सम्झौता गरेर अहिले उक्त उपकरण अस्पताल आइपुगेको उनले जानकारी दिए।

“भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू छ । अहिले एमआरआई नहुँदा बिरामी रिफर गरेर बाहिर पठाउनुपर्ने बाध्यता थियो”, डा तिवारीले भने”, “अब बीमा र अन्य बिरामीले अस्पतालबाटै सहज सेवा पाउने भएका छन् ।”

निजीको तुलनामा सस्तोमा एमआरआई हुने उनले जानकारी दिए। उनका अनुसार अहिले अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *