राहुल गान्धीको माग: ‘मोदी र शाहले शेयर बजारमा गरेको टिप्पणीबारे छानबिन गर्नुपर्छ’

डिसी नेपाल
२५ जेठ २०८१ ९:२०
96
Shares

काठमाडौँ । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले सेयर बजारलाई लिएर प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सीतारमणले गरेको टिप्पणीमाथि प्रश्न उठाएका छन् ।

राहुल गान्धीले सेयर बजारमा प्रधानमन्त्री मोदी र अमित शाहले गरेको दाबीका कारण ३० लाख करोड भारु नोक्सान भएको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् ।

राहुल गान्धीले भने, ‘पहिलो पटक हामीले देख्यौं कि प्रधानमन्त्री, गृहमन्त्री र वित्तमन्त्रीले शेयर बजारको बारेमा टिप्पणी गरेका छन् । मे १२ मा अमित शाहले जुन ४ भन्दा अगाडि शेयर किन्नु पर्ने बताएका थिए । मे १९ मा पीएम मोदीले सेयर बजार अगाडि बढ्ने बताएका थिए । मे ३१ मा ठूला स्टक गतिविधि हुन्छ । जुन ३ मा शेयर बजारले सबै रेकर्ड तोड्छ र जुन ४ मा शेयर बजार ओरालो लाग्छ ।’

राहुल गान्धीले प्रधानमन्त्री र गृहमन्त्रीको टिप्पणीका कारण खुद्रा लगानीकर्ताहरूलाई ३० लाख करोड भारु नोक्सान भएको दाबि गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् ।

चुनावी नतिजा आउनुअघि विभिन्न च्यानलले गरेको एक्जिट पोलमा एनडीए गठबन्धनले ३५० भन्दा बढी सिट पाउने दाबी गरेको भन्दै गान्धीले एक्जिट पोल गलत हुन्छ भन्ने उनीहरुलाई पहिला नै थाह भएको दाबि गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *