चन्द्रमा-मंगल मिशनका लागि निर्मित स्टारशिप रकेटको परीक्षण सफल

डिसी नेपाल
२७ जेठ २०८१ ११:०५
112
Shares

काठमाडौं । चन्द्रमा-मंगल मिशनका लागि निर्मित विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको चौथो परीक्षण सफल भएको छ ।

यो जुन ६ साँझ ६.२० बजे बोका चिका टेक्सासबाट लन्च गरिएको थियो। यसमा, स्टारशिपलाई अन्तरिक्षमा पठाएर यसलाई पृथ्वीमा फिर्ता ल्याइयो र हिन्द महासागरमा सफल अवतरण गरियो।

यस पटकको परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिप सुरक्षित रहन सक्छ कि सक्दैन भनेर हेर्नु थियो। स्टारशिप बनाउने कम्पनी स्पेसएक्सले सोसल मिडिया प्लेटफर्म एक्समा लेख्यो – पानीमा ल्यान्डिङ सफल भयो। स्टारशिपको रोमाञ्चक चौथो उडान परीक्षणको लागि सम्पूर्ण स्पेसएक्स टोलीलाई बधाई छ!

यो परीक्षण पछि, कम्पनीका मालिक एलन मस्कले आफ्नो पोस्टमा भने, ‘धेरै टाईलहरू र क्षतिग्रस्त फ्ल्यापको बावजुद, स्टारशिपले समुद्रमा सफ्ट ल्याण्डिङ गर्न सफल भयो ! यस ऐतिहासिक उपलब्धिको लागि स्पेसएक्स टोलीलाई बधाई छ।

यो रकेट विश्वको दोस्रो धनी व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सले बनाएको हो। स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी बूस्टरहरूलाई सामूहिक रूपमा ‘स्टारशिप’ भनिन्छ। यो गाडीको उचाइ ३ सय ९७ फिट रहेको छ ।

यो पूर्ण रूपमा पुन: प्रयोग गर्न सकिने छ र १५० मेट्रिक टन लोड बोक्न सक्षम छ। स्टारशिप प्रणालीले मंगल ग्रहमा एकै पटक १०० जनालाई लैजान सक्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *