अपोलो ८ मिसनका प्रसिद्ध अन्तरिक्ष यात्री बिल एन्डर्सको विमान दुर्घटनामा निधन
काठमाडौं । अपोलो ८ अन्तरिक्ष यात्री बिल एन्डर्सको निधन भएको छ । उनी ९० वर्षका थिए । एन्डर्सलाई बाह्य अन्तरिक्षको सबैभन्दा प्रसिद्ध फोटो खिच्ने श्रेय दिइन्छ।
अधिकारीहरूले भनेका छन् कि एन्डर्सको विमान उत्तरी सिएटल, वाशिंगटनमा उडिरहेको बेला दुर्घटनाग्रस्त भएको थियो।
एन्डर्सका छोरा ग्रेगले आफ्नो बुबा सानो विमानमा सवार रहेको पुष्टि गरे। उनको शव शुक्रबार फेला परेको हो ।
परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी गहिरो शोकमा छौं। उहाँ एक महान पाइलट हुनुहुन्थ्यो। उहाँलाई सधैं सम्झिइनेछ।”
अमेरिकाको अपोलो मिसनमा लुनार मोड्युल पाइलट एन्डर्सले आफ्नो क्यामेरामा अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा प्रसिद्ध तस्विरहरू कैद गरे। यो बाह्य अन्तरिक्षमा खिचिएको सबैभन्दा प्रेरणादायक र यादगार तस्बिर मानिन्छ।
सन् १९६८ मा क्रिसमसको एक दिन अघि सुरु गरिएको अपोलो मिसन चन्द्रमामा पुग्ने पहिलो मिसन थियो। एन्डर्सको तस्बिरमा, चन्द्रमा आफ्नो बाँझो सतहबाट क्षितिजभन्दा माथि उठेको देखिन्छ।
एन्डर्सले पछि यो फोटोलाई अन्तरिक्ष कार्यक्रममा आफ्नो सबैभन्दा महत्त्वपूर्ण योगदानको रूपमा वर्णन गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment