भारतको आगामी सेना प्रमुख द्विवेदीलाई बनाउने सरकारको निर्णय
काठमाडौं। लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने जनाएको छ।
लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ । हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे असार ३० गते अवकाश लिँदैछन्।
वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो। गत महिना सरकारले महारथी मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ गते अवकाश लिने कार्यक्रम रहेकोमा ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी नेपाली सेनाको उपप्रमुखमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment