रुसी सेनामा भर्ना भएका दुई भारतीयको मृत्यु
काठमाडौं। युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकहरूको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएको बताएको छ।
भारतले रुसलाई कुनै पनि प्रकारको भारतीय नागरिकको भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ। यससँगै मन्त्रालयले सबै भारतीयहरूलाई रुसमा रोजगारीका लागि थप सावधानी अपनाउन अपील गरेको छ।
यस वर्षको मार्चमा, केही एजेन्टहरूले धेरै भारतीयहरूलाई रसियामा जागिरको बहानामा रूसी सेनामा भर्ती गरेको खुलासा भएको थियो।
अब यी मानिसहरूलाई युक्रेनसँग रुसको चलिरहेको युद्धमा सैनिकको रूपमा लड्न जबरजस्ती पठाइँदैछ। तीमध्ये धेरै भारतीयहरूले भिडियोहरू सार्वजनिक गरेका थिए र भारत सरकारसँग सहयोगको अपील गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment