हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

डिसी नेपाल
३० जेठ २०८१ १८:४०
272
Shares

काठमाडौं। चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गोडालाई पक्राउ परेका छन्।  फार्मेसी कम्पनीमा कार्यरत रेनुका स्वामीको हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।

अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेशनमा जुन ९ मा उजुरी परेको थियो। उनलाई प्रहरीले मैसूरको फार्म हाउसबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बैंगलोरको चित्तदुर्ग क्षेत्रमा बस्ने रेणुका स्वामी नामक व्यक्तिको हत्यामा अभिनेता दर्शन र अभिनेत्री पवित्राको नाम आएको छ।

स्वामीको शव आइतबार कामाक्षीपल्या नजिकैको नालीमा फेला परेको थियो।  मृतक रेणुका स्वामी फार्मेसी कम्पनीमा काम गर्थिन्।

४७ वर्षीय अभिनेता दर्शन कन्नड सिनेमाको एक चर्चित अनुहार हुन्। उनले ९ पटक उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *