सुरेशको ‘माया बस्यो’मा पाकिस्तानी सेलिब्रेटी डा. एलिया सोयव ( भिडियो )

डिसी नेपाल
३ असार २०८१ १४:२१
256
Shares

काठमाडौं। गायक सुरेश लामाको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ लोकप्रिय चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव अभिनित रोमाण्टिक म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ। यस गीतमा गायक सुरेश लामाको सुमधुर स्वर सुन्न सकिन्छ।

युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ। निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक लामाको युट्युव च्यानल ‘सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो।

नेपाल र नेपालीलाई अति नै माया गर्ने डा. एलिया सोयव र गायक सुरेश लामाको अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । ‘माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *