सरोज के लामाको शब्द संगीत र स्वरमा ‘साझँ पर्नु अघि’ सार्वजनिक
काठमाडाैं। १४ बर्ष अगाडि लाखौं कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघि’ गीतको भिडियो सार्वजनिक भएको छ।
यथार्थ कथामा निर्माण भएको गीति भिडियोमा प्रेम र बिछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ। एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ स्टुडियो संचालक समेत हुन्। साथी भेटन गएकी प्रेमी आफूलाई गुधुली साँझ हुदाँ पनि नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ।
आफ्नो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ। आफनो मायालाई सुन्दर ठाउँ पुर्याउनको लागि अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ।
सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ। ’साझँ पर्नु अघि’ राम स्यानताङ , पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ। गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायक सरोज के लामाले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment