युक्रेनमा नयाँ आक्रमण पछि जेलेन्स्कीले लामो दूरीका हतियारहरू मागे

डिसी नेपाल
१६ असार २०८१ १६:५७
108
Shares

काठमाडौं । युक्रेनमा मिसाइल हमलामा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएपछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि एकपटक लामो दूरीका हतियारका लागि अपिल गरेका छन् ।

“हाम्रा शहरहरू र मानिसहरूले हरेक दिन रूसी आक्रमणहरूको सामना गरिरहेका छन्, तर हामी रूसी मिसाइल लन्चरहरू नष्ट गरेर यो समस्यालाई जित्न सक्छौं,” उनले सोशल मिडिया प्लेटफर्म टेलिग्राममा पोस्टमा भने “तर, यसका लागि युक्रेनलाई लामो दूरीका हतियार चाहिन्छ । यसका साथै आधुनिक वायु रक्षा प्रणाली पनि बढाउनुपर्नेछ ।”

शनिबार युक्रेनको दुर्गम क्षेत्र जापोरिझियाको भिल्न्यान्स्कमा रुसी आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । यसपछि जेलेन्स्कीले पश्चिमी देशहरूसँग लामो दूरीको हतियारको माग गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *