इरानको राष्ट्रपतीय निर्वाचनमा फेरि किन मतदान हुँदैछ ?

डिसी नेपाल
१८ असार २०८१ १४:३९
40
Shares

काठमाडौं । इरानको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि नेताले बहुमत पाउन सकेनन् । अब मुलुकमा जुलाइ ५ गते फेरि निर्वाचन हुँदैछ ।

इरानको राष्ट्रपति चुनावमा एक मात्र सुधारवादी उम्मेदवारले आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन्। मसुद पेजेस्कियानले समर्थकहरूलाई अर्को शुक्रबार हुने दोस्रो चरणको मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

उनले देशलाई गरिबी, असत्य, विभेद र अन्यायबाट जोगाउन आग्रह गरे ।

शुक्रबारको निर्वाचनमा मसुद पेजेस्कियानले सबैभन्दा बढी मत पाए पनि बहुमतबाट पछि परेका थिए। जित्नका लागि ५० प्रतिशत मत चाहिन्छ।

शुक्रबार मतदान निकै कम भएको थियो । संवाददाताहरूका अनुसार यसले इरानको सरकारी प्रणालीप्रति बढ्दो असन्तुष्टि देखाउँछ।

कट्टरपन्थी उम्मेदवार सईद जलिली र सुधारवादी मानिने प्रतिद्वन्द्वी मसूद पेजेस्कियान दुवै राष्ट्रपतिको दौडमा बहुमत जित्न असफल भए।

अब इरानमा फेरि चुनाव हुँदैछ । इरानको आन्तरिक मन्त्रालयले जुलाई ५ मा पुनः निर्वाचन हुने पुष्टि गरेको छ ।

इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । त्यसपछि इरानमा राष्ट्रपति पद रिक्त भयो। इरानमा यो पद भर्नका लागि निर्वाचन हुँदैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *