‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत-बिहे गर्ने कि नगर्ने?

डिसी नेपाल
२२ असार २०८१ ९:०५
44
Shares

काठमाडौं। आउँदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत रिलिज गरिएको छ।

फिल्मको थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने?’ बोलको गीतमा कुशल पोखरेलको गायन प्रस्तुति र शब्द रचना छ भने रोहित शाक्यको संगीत उत्पादन छ।

भिडियोमा भने फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतसहित दीपाश्री निरौला, प्रदीप खड्का, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, धीरज मगर, नाजीर हुसेन, शिल्पा मास्केलगायत देखिएका छन्।

उमेर पुगेका युवा-युवतीलाई परिवार र समाजबाट कसरी विवाहको दबाब दिइन्छ भन्ने विषय गीतले बोलेको छ। रोचक कुरा के छ भने गीतमा देखिएका अधिकांश कलाकार अविवाहित छन्, जसलाई अक्सर विवाहकै प्रश्न आउने गर्छ।

गीतसँगै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। यसअघि दशैं मात्र भनिएको फिल्मलाई आगामी असोज १७ गते अर्थात् घटस्थापनामा प्रदर्शन गरिने भएको छ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, बसुन्धरा भुसाल, टीका पहारी, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर आदिको पनि अभिनय छ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *