नेप्सेमा हरियाली, २२ सय बिन्दु पार
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अंकले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अंकले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ। नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर रु सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ।
बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड नौ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड नौ दशमलव ८३, जानकी फाइनान्स आठ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ८२ प्रतिशतले कमाएका छन्। समाज लघुवित्त चार दशमलव ५९, साधना लघुवित्त चार दशमलव ५६, एनएमबी–५० चार दशमलव १३, सेञ्चुरी डिबेञ्चर तीन दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment