भारतलाई पाकिस्तानको अर्को धक्का
मुम्बई। पाकिस्तानले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सहयोगी डा. फिरदौस आशिक अवानले एक विज्ञप्ति जारी गर्दै भनेका छन्–कुनै पनि भारतीय फिल्म पाकिस्तानमा देखाइने छैन। किनभने पाकिस्तानले भारतसँग कुटनीतिक र सांस्कृतिक सम्बन्ध कम गर्ने कमद चालेको छ।’
डा. रिरदौसले कश्मिरीको समथर्नमा पाकिस्तान हरेक विकल्प प्रयोग गर्ने बताएका छन्। उनले अन्तर्राष्ट्रिय संचारमाध्यममा भारत प्रशाशित कश्मिरको अवस्थाको रिपोर्टिङ गर्न जान पनि आग्रह गरेका छन्। उनले पाकिस्तानी संचारमाध्यमलाई कश्मिरबासीको दुर्दशा उजागर गर्न पनि आग्रह गरेका छन्।
यसअघि फेब्रअरी २०१९ मा भारतीय सनोको एयर स्ट्राइकपछि पनि पाकिस्तानले बलिउड फिल्म पाकिस्तानमा रिलीज गर्न प्रतिबन्ध लगाएको थियो। त्यो बेला पाकिस्तानका सूचना एवं प्रशारण मन्त्री चौधरी फवाद हुसैनले उक्त घोषणा गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment