माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले प्रसिद्धराज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत र सुभाष जमरकट्टेललाई नायब महाप्रबन्धकमा बढुवा गरेको छ।
बैंकको असार २७ गते बसेको संचालक समितिको बैंठकले साउन १ गतेदेखि लागू हुने गरी अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा जमरकट्टेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको हो।
काठमाडौँ विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ।
अर्याल यसअघि सिभिल बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेका छन्।
यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर शुरु गरेका जमरकट्टेल सन् २०११ देखि माछापुच्छ्रे बैंक लिमिटेड मा आवद्ध छन्।
उनी लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन्।
यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्रीसमेत हासिल गरेका छन्।
दुवै जना आफ्नो बैंकिङ् करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment