गीतकार गोकुल खड्काको शुभकामना गीत बजारमा
काठमाडौं। जन्म दिनको अवसरमा शुभकामना दिने चर्चित गीत बजारमा आएको छ। गीतकार गोकुल खड्काले सृजना गरेको गीतमा चर्चित गायिका रचना रिमालले सुमधुर स्वर दिएकी छन्। गीतमा ढुण्डीराज ढकालले संगीत भरेका छन्।
फुलपाती मिडियाको अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा जन्म दिनको अवसरमा लिने शुभकामनालाई प्राथमिकतामा राखिएको छ।
‘हरेक साल यो दिन तिम्रो सधैं आइरहोस्, सबै मिली यो गीत तिमीलाई सधैं गाइरहोस्’ शुभकामना गीतलाई स्रोत र दर्शकले निकै मन पराएका छन्।
गीतकार गोकुल खड्का सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनले बाल साहित्यका कृति बजारमा ल्याएका छन्। उद्यमशीलतासँग सामाजिक सक्रियता, बाल साहित्यसँगै अब गीत संगीतको क्षेत्रमा पनि उनले आफूलाई स्थापित गराउँदै लगेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment