पार्टी नेता विष्णु आचार्यको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ।
आचार्यको निधनमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
यसैबीच, काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी आज बिहान निधन भएका ६३ वर्षीय आचार्यको निधनमा दुःख व्यक्त गरेका हुन्।
नुवाकोट काँग्रेसका पूर्वमहासमिति सदस्यसमेत रहेका उनी क्यान्सरसम्बन्धी रोगबाट पीडित थिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment