कविता : आफैंलाई भुलिदिन्छु

दिनेश घिमिरे
६ साउन २०८१ १०:४७
240
Shares

हातैमा थियो खुशी
बल गरेर पर पुर्‍याएँ
पैतालामै थियो गति
इज्जतैले रोकिदिएँ।।

आफैंलाई किन आज
आफैं भित्र रोकी रहन्छु
पेलाभित्र आनन्द रहेछ
इज्जतलाई रोकिदिएँ।।

ओठहरू किन आज
आफैसँग डराएछन्
आशुसँग सम्बन्ध रहेछ
खुशीहरू बेचिदिएँ।।

पाइलाहरू यसै यसै
कामेका छन् किन आज
नाताहरू लोभ रहेछ
सम्बन्धहरू रोकिदिएँ।।

आखाँहरू सुकीसके
सपनाहरू भुलिदिन्छु
इच्छाहरू मरिसकेँ
आफैंलाई भुलिदिन्छु।।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *