पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध
धादिङ। धादिङ पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।
धादिङ र चितवनको सिमाना ईच्छाकामना गाउँपालिका फिस्लिङ नजिकै राति परेको वर्षाले बजार नजिकै पहिरो खस्दा सडक अबरुद्ध भएको हो।
अबरुद्ध सडकका कारण राजधानी प्रवेशका लागि आएका सवारीका साधन र राजधानीबाट देशका विभिन्न भागमा जान हिँडेका सवारीका साधन बाटोमै रोकिएका छन्। पहिरो ठूलो भएकोले सफा गर्न केहि समय लाग्ने प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment