रोज लामा योञ्जनको शब्दमा ‘जिन्दगी तिमी हौ’ सार्वजनिक

डिसी नेपाल
७ साउन २०८१ १०:४८
52
Shares

काठमाडाैं। प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत “जिन्दगी तिमी हौ” गीतको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन्। रोज लामा योञ्जनको शब्दमा सार्वजनिक उक्त गीतको भिडियो सुनिल राईको संगीतमा तयार पारिएको हो। पुर्वेली लोकलयमा आधारित उक्त गीतमा मायाका सुनौला पलहरूलाई समेटिएको छ।

गीतमा माया गर्ने मायालुलाई आफ्नो साथमा राख्नका लागि निकै प्रयत्न गरिएको छ। मौलिक भावमा प्रेमलाई आकर्षक ढङ्गमा समेटिएको छ । ज्ञानु राईले गीतमा छायांकन, सम्पादन र निर्देशन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *