क्रोएसियाको एक नर्सिङहोममा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु
काठमाडाैं। क्रोएसियाको एक नर्सिङ होममा एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउँदा सो हताहती भएको बताइएको छ।
उक्त घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको एचआरटीले जनाएको छ। अपराधमा संलग्न व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको त्याहाको प्रहरीले एजनाएको छ।
क्रोएसियाको प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु भएको छ । क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी रहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment