टर्कीले भारतलाई कालोसूचीमा राख्यो, रक्षा र सैन्य उपकरण निर्यातमा पूर्ण प्रतिबन्ध

डिसी नेपाल
८ साउन २०८१ १०:३३
220
Shares

काठमाडौं । टर्की र भारतबीचको सम्बन्ध अत्यन्तै खराब बिन्दुमा पुगेको छ । टर्की सरकारले विश्वको सबैभन्दा ठूलो हतियार खरिद गर्ने राष्ट्रहरू मध्ये एक भारतलाई सैन्य उपकरणको निर्यातमा व्यापक प्रतिबन्ध लगाएको छ।

नयाँ दिल्लीले भारतीय शिपयार्डमा जहाज निर्माण परियोजनामा संलग्न टर्कीको कम्पनीसँगको सम्झौता रद्द गरेको केही महिनापछि टर्की सरकारको यो निर्णय आएको हो।

टर्की सरकारले यस सम्बन्धमा कुनै ठूलो सार्वजनिक घोषणा गरेको छैन । यो निर्णय टर्कीको संसदको बन्द कोठामा लिइएको हो।

१० जुलाई २०२४ मा विदेश मामिला समितिमा भएको बहसको विवरणअनुसार टर्कीको शीर्ष हतियार खरिद एजेन्सी, प्रेसिडेन्सी अफ डिफेन्स इन्डस्ट्री (एसएसबी) का उपाध्यक्ष मुस्तफा मुरात सेकरले अन्जनेमा भारतको सम्बन्धमा सरकारको गोप्य नीतिको खुलासा गरे।

टर्की सरकारको यो कदम भारतका लागि आश्चर्यचकित पार्ने खालको मानिएको छैन ।किनकि भू-रणनीतिक मुद्दाहरूमा दुई देशहरू विपरीत कित्तामा उभिएका छन्।

टर्की र पाकिस्तानबिच बढ्दो निकटताका साथ भारत बढ्दो रूपमा अन्तर्राष्ट्रिय मुद्दाहरूमा टर्कीको विरुद्धमा उभिएको छ।

आर्मेनिया-अजरबैजान द्वन्द्वमा टर्कीको पक्ष लिएको नयाँ दिल्लीले एजियन सागरमा टर्की र ग्रिसबिचको द्वन्द्वमा ग्रिसको पक्ष लिइरहेको स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.