शिल्पा पोखरेलको पक्षमा अन्तरिम आदेश भएन

डिसी नेपाल
२४ साउन २०७६ २०:३२

काठमाडौं। फिल्म निर्माता निर्देशक छविराज ओझासँगसँग बिहे गरेकी अभिनेत्री शिल्पा पोखरेल पक्राउ पर्ने लगभग निश्चित भएको छ । छाविराजकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छवि र शिल्पाविरुद्ध बहुबिहे मुद्दा दायर गरेपछि जिल्ला अदालत काठमाडौंले शिल्पा र छविका नाममा पक्राउ पूर्जी जारी गरेको थियो । अदालतले पक्राउ पूर्जी जारी गरेको दुई हप्ता पुगिसक्दा पनि उनीहरु ‘फरार’ छन्।

हेमाले मुद्दा दायर गरेपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारि गरेको विरुद्धमा शिल्पाले उच्च अदालत पाटनमा पक्राउ रोक्न अन्तरिम आदेश माग्दै रिट निवेदन गरेकी थिइन्। उच्च अदालतले सो रिटमाथि सुनुवाई गर्दै अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको हो।

शुक्रबार न्यायाधीशद्दय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलाशले शिल्पाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको हो।

उनी गत साउन १६ मा निषेधाज्ञाको मुद्दा लियर उच्च अदालत पाटन पुगेकी थिइन्। उच्चको यो आदेशपछि छवि र शिल्पालाई पक्राउ गर्न कानुनी बाटो बलियो भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *