भारतबाट एक अर्बको आलु आयात

डिसी नेपाल
१० साउन २०८१ १६:५५
24
Shares

खजुरा। बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो। आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो।

आलु आयातबाट आव २०७९/८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०/८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए। अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ।

पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए। उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *