मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

डिसी नेपाल
११ साउन २०८१ १३:२९
84
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१-२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरिएको जानकारी दिएका छन्।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरिदिएको छ। संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेपनि व्यक्तिगत कर्जा १५ करोडको सीमा भने यथावत रहेको गभर्नर अधिकारीले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *