म्यानचेस्टर एयरपोर्टमा एक व्यक्तिलाई लात हानेका प्रहरी अधिकृत निलम्बित

डिसी नेपाल
११ साउन २०८१ १५:४८
64
Shares

काठमाडौं । बेलायतको म्यानचेस्टर विमानस्थलमा एक व्यक्तिलाई लात हानेर टाउकोमा टेजर गन ताकेको आरोपमा एक प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ ।

म्यानचेस्टर एयरपोर्टमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको छ ।

ग्रेटर म्यानचेस्टर पुलिसले मंगलबारको घटनाको विस्तृत समीक्षा पछि सम्बन्धित अधिकारीलाई सबै कर्तव्यबाट हटाएको पुष्टि गरेको छ।

भिडिओमा एकजना पुलिसकर्मीले भुइँमा घोप्टो लडेका एक व्यक्तिलाई टेजर बन्दुक देखाउँदै हिर्काएको देख्न सकिन्छ।

यस क्रममा घटनास्थलमा उपस्थित अन्य प्रहरीहरूले मानिसहरूलाई पछाडि बस्न आग्रह गरिरहेका छन्।

ग्रेटर म्यानचेस्टर प्रहरीले मंगलबार विमानस्थलको टर्मिनल २ मा झगडापछि एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको जनाएको छ।

तर यो घटनाको भिडियोलाई लिएर मानिसहरूमा आक्रोश बढेको छ। बुधवार साँझ, सयौं मानिसहरूको भीडले ग्रेटर म्यानचेस्टरको रोचडेल पुलिस स्टेशन बाहिर प्रदर्शन गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *