डा. रुइत र पत्रकार चन्द्रकिशोर पुरस्कृत

डिसी नेपाल
१२ साउन २०८१ १९:०३
24
Shares

काठमाडौं। बितेको २८ वर्षदेखि सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले दुई व्यक्तित्वलाई पुरस्कृत गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०२औं जन्मस्मृति सभामा गुठीले २०८१ सालको ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार’ वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समर्पण गर्यो ।

त्यस्तै यस वर्षको ‘सेवा पुरस्कार नेपाल’ पत्रकार तथा लेखक चन्द्रकिशोरलाई समर्पण गर्‍यो। कार्यक्रमका प्रमुख अतिथि दिव्य शताब्दी पु्रुष डा. गौरीशंकर लाल दासले दुवै व्यक्तित्वलाई पुरस्कृत गरे।

पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कारका साथ नगद राशि जनही २ लाख २२ हजार २२२ रुपैयाँ प्रदान गरियो। कार्यक्रममा यस वर्षको ‘बद्रीविक्रम चरित्र निर्माण पुरस्कार’ हिन्दु विद्यापीठ थलीका छात्र अनुप दाहाललाई प्रदान गरियो। प्रा.डा. लोकविक्रम थापाद्वारा स्थापित यस पुरस्कारकासाथ नगद राशि १० हजार प्रदान गरियो।

कार्यक्रममा गुठीको स्मारिका ‘सेवा नेपाल’को कृष्णप्रसाद भट्टराई विशेष अंक र विशेष ग्रन्थ ‘किसुनजी’ लोकार्पण गरियो।

सोही अवसरमा गुठीका सल्लाहकार तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले श्रीमती पुनमाया महर्जनलाई नगद राशि २५ हजारसहित श्रम सम्मान समर्पण गरे ।

कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले समाजका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गर्न पाउँदा आफैं सम्मानित भएको अनुभव गरेको बताए ।

श्रम मन्त्री भण्डारीले किसुनजीसँगका केही सम्झना साझा गरे । राजनीतिज्ञ नवराज सुवेदीले मन्तव्यमा बद्रीविक्रम थापासँगको सम्बन्धको चर्चा गर्दै केही स्मृतिहरू सुनाए ।

उक्त अवसरमा पुरस्कृत व्यक्तित्व डा. रुइतले कर्मयोग बद्रीविक्रम थापाको सम्झना गर्दै उनी समाजसेवीका साथै कुशल सुशासक भएको बताए । अर्का व्यक्तित्व पत्रकार चन्द्रकिशोरले पत्रकारहरूले भुइँमान्छेका कुरा लेख्नु पर्ने उल्लेख गरे ।

उक्त अवसरमा गुठीका अध्यक्ष प्रा.डा. सुरेशराज शर्मा, कोषाध्यक्ष किरण थापा, सदस्य श्रीओम रोदन र हरि मञ्जुश्रीले बोलेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *