खीर खाएर मनाइदैं ‘असार १५’ {भिडियो}
काठमाडौं। नेपाली समाजमा खीर खाएर साउन १५ मनाइएको छ ।
वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।
दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । हाम्रो संस्कृति , हाम्रो पराम्परा भन्दै छैटौं राष्ट्रिय खिर दिवसका अवसरमा खिर आयोजक समितिले काठमाडौंको अनामनगरमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको थियो । मानवस्वास्थ्यमा खीरको महत्व दर्साउनका लागि दिवस मनाएर नै अघि बढ्नुपर्ने सल्यानका बिरेन्द्र कुमार शर्माले बताए।
चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment