नेप्सेमा रेकर्ड गिरावट

डिसी नेपाल
२२ साउन २०८१ १६:२९
68
Shares

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अंकले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ। कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अंकले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ।

कुल पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता शेयर रु २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। कुर्थली बुखरी स्मल हाइड्रोपावर नौ दशमलव ९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ९४, मेघा म्युचुअल फण्ड पहिलो तीन दशमलव ८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन्।

नेपाल फाइनान्स,गुर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *