बालुवा निकालेको खाल्डोमा परी २ जनाको मृत्यु, आक्रोशित स्थानीयद्ववारा डोजरमा आगजनी
धादिङ। एक्साभेटरले बालुवा निकाल्न धादिङ गजुरी गाउँपालिका दरिङ्गाल खोलामा बनाएको खाल्डोमा परी दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गजुरी गाउँपालिका–७ किरान्चोकका १८ वर्षीय भिम तामाङ र २१ वर्षीय सुमन तामाङ रहेका छन्।
उनीहरुको डुबेर मृत्यु भएसँगै आक्रोशित बनेका स्थानीयले एक्साभेटरमा आगजनी समेत गरेका छन्।
उक्त क्षेत्रमा रहेका खोलामा एक्साभेटर चलाउन कडाई गरिएपनि त्यसको बेवास्ता गर्दै रातिराति डोजर संचालन गरिँदै आएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment