तोलामा १४ सयले घट्यो सुनको मूल्य
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment