कमला ह्यारिसले टिम वाल्जलाई आफ्नो उपराष्ट्रपति उम्मेदवारको रूपमा चयन गरिन्
काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो रनिङ मेट अर्थात् उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् ।
कमला ह्यारिसले सामाजिक सञ्जालमा लेखेकी छन् ‘मैले टिम वाल्जलाई आफ्नो रनिङ मेट बन्नको लागि आग्रह गरेकोमा खुसी छु । मेरो टिममा उनको उपस्थिति ठूलो कुरा हो ।’
मिनेसोटाका गभर्नर टिम वाल्ज १२ वर्षसम्म अमेरिकी कांग्रेसको प्रतिनिधि पनि भइसकेका छन्। वाल्ज हाईस्कूल शिक्षक र फुटबल कोच पनि भइसकेका छन्।
टिम वाल्जले यस अवसरलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मानको रूपमा वर्णन गरेका छन्।
कमला ह्यारिसको यो निर्णयको अमेरिकी कांग्रेसका पूर्व अध्यक्ष न्यान्सी पेलोसीले स्वागत गरेकी छिन् । बीबीसी न्यूजका अनुसार न्यान्सीले एक अन्तर्वार्तामा भनिन्, “टिम शानदार छ।”
हालै वाल्जले डोनाल्ड ट्रम्प र जेडी भान्सको टोलीलाई ‘अनौठो’ भनेका थिए । डेमोक्र्याटिक पार्टीको लागि कोष जुटाउने कार्यक्रममा, वाल्जले भने – उनी ‘अनौठो’ छन् ।
उनको भनाइपछि देशभर यसको चर्चा भयो । अर्कोतर्फ रिपब्लिकन पार्टीले पनि कमला ह्यारिसको छनोटलाई सामाजिक सञ्जालमा खिल्ली उडाएको छ । पार्टीले टिम वाल्जलाई अति वामपन्थीको रूपमा वर्णन गरेको छ।
रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार बन्ने प्रयास गरेका फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले भने, “ह्यारिस र वाल्ज अमेरिकी इतिहासको चुनावमा सबैभन्दा ठूलो वामपन्थी अनुहार हुन्।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment