पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन
काठमाडौं। पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ।
बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। उनी केही दिनदेखि बिरामी थिए । बुद्धदेव भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको मुख्यमन्त्री बनेका थिए।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनले दुःखी भएको उल्लेख गरेकी छन्।
ममता बनर्जीले भनिन्, ‘म उहाँलाई धेरै दशकदेखि चिन्छु र पछिल्ला केही वर्षहरूमा उहाँ बिरामी हुँदा म उहाँको घरमा धेरै पटक गएकी थिएँ । उहाँको निधनले म दुखी छु।’
उनी पश्चिम बंगालमा ३४ बर्ष कम्युनिष्टको सरकार रहँदाका अन्तिम मुख्यमन्त्री हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment