बंगलादेशमा बढदो संकटः प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

डिसी नेपाल
२७ साउन २०८१ ८:०९
52
Shares

ढाका। प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् ।

ढाका ट्रिब्युनका अनुसार यसरी राजिनामा दिने न्यायधिसहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरुले हिजो साँझ कानून मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यस अघि हिजो दिउँसो २ः३० बजे कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो । बिद्यार्थीहरुले सर्वोच्च अदालत घेराउँ गरेर पछि प्रधानन्यायधिस हसनले राजिनामा दिन बाध्य भएका हुन्।

बिद्यार्थीहरुले थप पाँच जना न्यायधिसले पनि राजिनामा दिनु पर्ने सर्त राखे पछि हसन पछि थप पाँच जना न्यायधिसले राजिनामा दिएको बंगलादेशका मिडियाले जनाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *