शिवम् सिमेन्ट्सले कमायो नाफा

डिसी नेपाल
२७ साउन २०८१ ११:०८
48
Shares

काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ। कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.९३ प्रतिशत कम हो।

अघिल्लो वर्ष यस कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो। सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा र बिक्री लागत बढ्दा नाफामा दबाब परेको हो। त्यसैगरी, अन्य आम्दानी पनि घटेको छ। ७ अर्ब ७५ करोड रहेको सञ्चालन आम्दानी घटेर ७ अर्ब ७० करोडमा झरेको छ।

यता, बिक्री लागत भने ६ अर्ब ४६ करोडबाट बढेर ६ अर्ब ६७ करोड पुगेको छ। अन्य आम्दानी पनि ३६ करोड ३७ लाखबाट घटेर १९ करोड ८५ लाख कायम भएको छ। चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ।

सेयर प्रिमियममा ९५ करोड ६२ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *