एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि
काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा आकर्षक वृद्धि भएको छ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४७४.३८ प्रतिशत वृद्धि भएको छ। यस अवधिमा खुद नाफा ४७४.३८ प्रतिशतले बढेर ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १७ लाख रुपैयाँमात्रै खुद नाफा कमाएको थियो। वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो। असार मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ७ करोड ४ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष यसैअवधिमा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू २१ करोड रुपैयाँ ऋणात्मक थियो। नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७६ पैसाले बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा छ। हाल यसको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment