एसियन हाइड्रोपावर घाटामा

डिसी नेपाल
२७ साउन २०८१ ११:५४
24
Shares

काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा घाटा व्यहोरेको छ।

कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो। यसको विद्युत बिक्रीबाट हुने आम्दानी १४ करोड ८७ लाखबाट घटेर १३ करोड ५ लाख रुपैयाँ कायम भएको छ।

अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड २२ लाख रुपैयाँ घाटामा थियो। यता, वित्तीय खर्च १० करोड ८२ लाख रुपैयाँ रहेको छ। विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा खुद नोक्सानी बढेको हो।

३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ। यसको प्रतिसेयर आम्दानी १६.४१ रुपैयाँ नोक्सानीमा छ। प्रतिसेयर नेटवर्थ ९५.९५ रुपैयाँ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *