निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि दलित अभियन्ता सुनार पक्राउ
काठमाडौं। दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो।
बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजे पछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ।
उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । तर, आज उनी निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगे पछि सुनारलाई पक्राउ गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment