प्रहरीले ५ किलो आलु घुस मागे, बार्गेनिङपछि ३ किलोमा सहमति, पोल खुलेपछि जागिर चट
काठमाडौं । उत्तर प्रदेशको कन्नौजमा तीन किलो आलु घुस मागेको अनौठो घटना बाहिर आएको छ । तीन किलो आलुको मामिलामा प्रहरी चौकी इन्चार्जले आफ्नो जागिर पनि गुमाउनु परेको छ ।
वास्तवमा चौकी इन्चार्ज र एक उजुरीकर्ताको अडियो भाइरल भएको थियो, जसमा दुवैले एक कामको लागि आलुको रूपमा घुस लिने र दिने छलफल गरिरहेका छन्।
कन्नौज जिल्लाको सौरिख थाना क्षेत्रको चपुन्ना प्रहरी चौकीका इन्चार्ज रामकृपाल सिंह र उजुरीकर्ताले पाँच किलो आलु घुसको कुराको टुङ्गो लगाउन बार्गेनिङ गरेको अडियो भाइरल भएको छ । ।
अडियोमा उजुरीकर्ताले पाँचको सट्टा दुई किलो आलु मात्र दिन सक्ने बताउँदै छन् । तर, चौकी इन्चार्जले यसप्रति असन्तुष्टि जनाउँदै पाँच किलो आलु मागेका छन् ।
उजुरीकर्ताले व्यवसाय राम्रो नरहेको बताएका छन। त्यसैले उनले असक्षमता प्रकट गर्दै दुई किलो आलु मात्रै लिन आग्रह गरे । त्यसपछि प्रहरीले पाँचको सट्टा तीन किलो आलु दिन भनेका छन् ।
यी दुईबीचको कुराकानीको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कन्नौजका एसपी अमितकुमार आनन्दले चौकी इन्चार्जलाई निलम्बन गरी प्रकरणको अनुसन्धान विभागीय कारबाहीका लागि सीओ सिटीलाई जिम्मा लगाएका छन् । यो भाइरल अडियो करिब तीन–चार दिन पुरानो भएको बताइएको छ ।
यस विषयमा एसपी अजय कुमारले चौकीका इन्चार्जले केही कामका लागि घुस मागेको बताए । उनका अनुसार यो बार्गेनिङ कोडवर्डमा गरिएको थियो र आलु कोडवर्ड थियो । यो अडियो सार्वजनिक भएपछि चौकी इन्चार्जलाई निलम्बन गरिएको थियो । यस विषयमा विभागीय कारबाही जारी छ।
समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादवले यस विषयमा भाजपालाई घेरेका छन् । उनले भने – ‘भाजपा शासनमा ‘आलु’ घुस लिनको लागि कोड शब्द बनेको छ। जे होस्, भाजपाको शासनमा तरकारीहरू यति महँगो छन् कि भोलि वास्तवमै तरकारीको रूपमा घूस मागिनेछ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment