रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा

डिसी नेपाल
३० साउन २०८१ ६:३७
28
Shares

काठमाडाैं। युक्रेनी सेनाले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गर्न सफल भएको छ। युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी लडिरहेको छ।

अहिलेसम्म युक्रेनले सो क्षेत्रका २८ वटा गाउँ कब्जा गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्। युक्रनले भने रुसी क्षेत्रहरु कब्जा गर्ने आफ्नो मनसाय नरहेको बताएको छ।

युक्रेनको राजधानी कियभस्थित विदेश मन्त्रालयले रुसको कुनै पनि क्षेत्रलाई नियन्त्रणमा राख्ने योजना नभएको स्पष्ट पारेको विविसीले उल्लख गरेको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले लडाइँ चाहिरहेकोले शान्तिका लागि दवाव दिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

यसैबीचमा रुसका राष्ट्रपति पुटिनले सीमावर्ती रुसी नागरिकमाथि युक्रेनले ज्यादती गरेको बताएका छन्। युक्रेनले रुसी नागरिक माथि अपराध गरेको आरोप लगाउनुहुदै राष्ट्रपति पुटिनले मस्कोले कियभलाई यसको मूल्य चुक्ता गर्ने चेतावनी दिएका छन्।

युक्रेनले आकस्मात रुपमा आक्रमण गरेपछि रुसले सीमावर्ती कुर्स्क क्षेत्रमा रहेका आफ्ना एक लाख बढि नागरिकहरुका लागि अस्थायी आवास बनाएर सारेको छ । पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि दुई मुलुकबीच युद्ध जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *