श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

डिसी नेपाल
३० साउन २०८१ २२:२९
36
Shares

मकवानपुर। श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। मकवानपुर कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिन पक्राउ परेका हुन्।

यही साउन २८ गते साँझ मंगलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्यागरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार मंगलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र बन्चरो प्रहारगरी हत्या गरेको र शवलाई टुक्रा पारेर दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा गाडेका थिए।

घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिड फुकाली घरभन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

खाल्टोमा गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडा खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *