तिलु शर्माको ‘छोरी भ’र जन्मनु’ गीतको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
३१ साउन २०८१ ७:५०
36
Shares

काठमाडाैं। नेपाली गीत संगीत क्षेत्रमा महिलाहरुको महान चाढ हरितालिका तिजलाई लक्षित गर्दै तिलु शर्माले मौलिकता झल्काउने तिजको गीत बजारमा ल्याएका छन्।

आजभोलि तीजको गीत निकाल्ने, भ्युज, टिपिआर बटुल्ने र भाइरल बन्ने होडबाजी चल्नु, अनि तिजको नाममा निकालिएका गीत तिज गीत हुन् कि रत्यौली हुन् भनेर छुट्याउन र भल्गर दृश्यशब्दहरु खुट्याउन लोकदोहोरी प्रतिष्ठानलाई भ्याइनभ्याई भैरहेको वेला शर्माको मौलिक गीतले श्रोताहरुको मन तानिरहेको छ।

तरपनि बाटो बिराउँदै गएको नेपाली लोकसंगीतलाई पुरानै लयमा फर्काउन लोकदोहोरी प्रतिष्ठानले नेपाल प्रहरीसँग आग्रह गरेको छ। राज्यले तत्काल नियन्त्रण सुरु नगरे अझै खराब तिज गीत तथा दोहोरीगीत गाउनेहरु र भित्रिने खतरा रहेको छ।

तिज नेपाली संस्कृति हो, तिजगीत हाम्रो संस्कृति संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने माध्यम हुन्। तिज गीतसँगै नारीका कर्मघरका वेदना र माइतीघर संगको रमाइलो साइनो पनि जोडिएर आउने हुँदा तिजको मर्म र तिजगीतले गित मात्रै नभई देश र समजलाई संगीतमार्फत दिने एक सन्देश पनि हो।

गीतमा विविधता चाहिन्छ। जति धेरै विविधता भयो, संस्कृति त्यति नै धनी हुँदै जान्छ, फैलँदै जान्छ। तर विविधतामा पनि ध्यानचाहिँ दिनुपर्छ।

तिलु शर्माले यसपालीको तिजमा म्याग्दी तिरको शब्दमा “च” झुन्डिएको शब्दलहरी प्रयोगमा ल्याइ स्थानीय रैथाने थेगोलाई समेत संरक्षण गर्दै छोरीले आफूले भोग्नुपरेको कहानीलाई देखाइएको छ।

माइत आएकी चेलीले घरमा दुःख पाएकी छन् अथवा घरेलु हिंसा सहेकी छिन् पीडामा जिउन कठिन भएकाले जिन्दगीलाई नै पूर्णविराम लगाइदिऊँ जस्ता प्रेरणादायी र कारुणिक भिडियोदृश्य सहित तिज मौलिकता बोकेको “छोरी भ’र जन्मनु” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *