रेडपाण्डा संरक्षणका लागि ‘रेडपाण्डा म्याराथन’ आयोजना गरिने

डिसी नेपाल
३१ साउन २०८१ २०:५९
80
Shares

ताप्लेजुङ। रेडपाण्डा संरक्षणमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा ‘रेडपाण्डा म्याराथन’ सञ्चालन गरिनेभएको छ। रेडपाण्डाको संरक्षणको क्षेत्रमा काम गर्दै आएको हिमाली संरक्षण मञ्चले आगामी असोज ५ गते रेडपाण्डा संरक्षणको सन्देशसहित म्याराथन गर्ने भएको हो।

असोज ५ अर्थात् रेडपाण्डा दिवसको अवसरमा हुने म्याराथनमा रेडपाण्डा नेटवर्क साथै फुङलिङ नगरपालिकाको सहयोग सहयोग रहने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। हरेक वर्षको सेप्टेम्बर २१ का दिन रेडपाण्डा संरक्षण दिवस मनाउने गरिएको छ।

रेडपाण्डाको मुख्य बास स्थान मानिने पाथीभरा क्षेत्रमा नै म्याराथनको तयारी भएको छ। उक्त कार्यक्रमको पूर्वतयारी सुरु गरिएको संयोजक राईले बताए। रेडपाण्डा संरक्षणका लागि म्याराथनका कार्यक्रम गर्न यो वर्ष रेडपाण्डा नेटवर्कले रु १० लाख सहयोग गर्नेछ भने फुङलिङ नगरपालिकाले रु पाँच लाख छुट्याएको छ।

रेडपाण्डाको प्राकृतिक बासस्थानको संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्ने अभियानकै रूपमा म्याराथनको आयोजना गर्ने तयारी भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *