अफ्रिका बाहिर एमपक्स संक्रमणको पहिलो केस रेकर्ड गरियो

डिसी नेपाल
३२ साउन २०८१ १३:४३
32
Shares

काठमाडौं । स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले अफ्रिका बाहिर एमपक्सको पहिलो केस रिपोर्ट गरेको छ।

स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपक्स भएको जनाएको छ।

अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रुपमा समेत व्याख्या गरेको छ ।

स्वीडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ताकि अन्य व्यक्तिमा संक्रमणको जोखिम कम होस् ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए ।

एमपक्स एक संक्रामक रोग हो, जसलाई पहिले मंकीपक्स पनि भनिन्थ्यो। अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *