करण राईको शब्दमा राई इज किङको स्वर, ‘मैले माया गरेको मान्छे’ गीत रिलिज

डिसी नेपाल
२ भदौ २०८१ १०:१७
336
Shares

काठमाडौं। द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको शब्दमा वरिष्ठ गायक राजेशपायल राई, राई इज किङले गाएको गीत सार्वजनिक भएको छ।

करण राई युट्युव च्यानलमा सार्वजनिक भएको ‘मैले माया गरेको मान्छे’ बोलको गीतमा करणको शब्द, राजेशपायलको स्वर तथा महेन्द्र राईको संगीत रहेको छ । यस गीतमा राजेशपायललाई गायिका दीपा तामाङले साथ दिएकी छिन्।

करणको वास्तविक प्रेम कहानी जोडिएको गीतमा राजेशपायलले गाउनु को कारण भने रोचक रहेको छ । करणले भने ‘आफ्नो जिवनसंग जोडिएको गीत गाउन मैले सकिन, त्यहि कारण आदरणिय वरिष्ठ गायक राजेशपायल दाईलाई गाउने जिम्म दिएको हो।’ करणले सार्वजनिक गीतको बारेमा बोल्दै भने ‘ब्रेकअपपछि बेलुकी रुदै यो गीत लेखेको थिए ।’

‘मैले माया गरेको मान्छे’ बोलको गीतमा सञ्जिव बराईलीको एरेञ्ज, किश्वर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका थिए । स्टुडियो भिडियोलाई झस्केलो कृयशनले बनाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *